१० साउन २०८३, आइतबार

एसपीजी अटोमोबाइल्सद्वारा प्रिमियम एसयूभी ‘जेइको जे-५’ सार्वजनिक

साउन २१, २०८२
काठमाडौं
एसपीजी अटोमोबाइल्सद्वारा प्रिमियम एसयूभी ‘जेइको जे-५’ सार्वजनिक

एसपीजी अटोमोबाइल्स प्रालिले बुधबारदेखि काठमाडौंको भृकुटीमण्डपमा शुरू भएको नाइमा नेपाल मोबिलिटी एक्सपो २०२५ मा प्रिमियम एसयूभी ‘जेइको जे-५’ सार्वजनिक गरेको छ । 

कम्पनीले यसअघि नै सार्वजनिक गरिसकेको ओमोडा र जेइको लाइनअपसँगै नयाँ जे-५ ले नेपाली बजारमा नयाँ प्रिमियम एसयूभी ल्याएको छ ।

शहरी सडकदेखि अफ-रोड यात्रासम्म सहज बनाउन तयार पारिएको जेइको जे-५ ले उत्कृष्ट डिजाइन, प्रदर्शन र लक्जरीको समिश्रण प्रस्तुत गरेको कम्पनीको भनाइ छ । 

रेन्ज रोभरबाट प्रेरित डिजाइन, १८५ मिलिमिटरको ग्राउन्ड क्लियरेन्स, १८ इन्च स्पेयर टायर, ४६१ किलोमिटरको ड्राइभिङ रेन्ज र ४८० लिटरको बुट स्पेसजस्ता बेस्ट-इन-क्लास विशेषताले यसलाई नेपाली उपभोक्ताको लागि एक विशेष विकल्प बनाएको छ ।

नाइमा एक्सपो विशेष अफरअन्तर्गत, जेइको जे-५ को मूल्य एमआरपी ६०.९९ लाख रूपैयाँ तोकिएको भए तापनि ग्राहकले यसलाई ५६.९९ लाख मा बुकिङ गर्न सक्ने भएका छन् ।

त्यसैगरी, कम्पनीले ओमोडा र जेइकोका अन्य मोडेलमा समेत विशेष मूल्य उपलब्ध गराएको छ । जस अन्तर्गत ओमोडा ई ५ को ५४.९९ लाख र जेइको जे ६ को ६१.९९ लाख रहेको छ । 

नाइमा नेपाल मोबिलिटी एक्सपोमा ओमोडा वा जेइकोको कुनै पनि मोडेल बुक गर्ने सबै ग्राहकले विशेष अफर र छुटको फाइदा लिन सक्ने कम्पनीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्