२५ जेठ २०८३, सोमबार

फक्सवागनका पावरफुल दुई मोडल वट्रस र टाईगुन नेपाली बजारमा

साउन २१, २०८२
काठमाडौं
फक्सवागनका पावरफुल दुई मोडल वट्रस र टाईगुन नेपाली बजारमा

नेपाली उपभोक्ताको मागलाई मध्यनजर गरी जर्मन ब्रान्ड फक्सवागनका लागि नेपालको एक मात्र आधिकारिक वितरक पूजा इन्टरनेशनल नेपाल प्रालिले वट्रस सेडान र नयाँ टाईगुन गाडीको नाईमा अटो शोमा लन्च गरेको छ ।

यी दुवै गाडीहरूमा यस सेग्मेन्टको सबैभन्दा पावरफुल १.५ लिटरको टर्वो पावर ईन्जिन जडान गरिएको छ । जर्मन प्रविधिबाट निर्मित यी गाडीहरूले अतुलनीय सुरक्षा तथा पावर पर्फमेन्सको अनुभूति ग्राहकहरूलाई गराउने कुरामा कम्पनी विश्वस्त रहेको छ ।

यी दुवै गाडीको सम्मानित अतिथिका रूपमा जर्मन दूतावासका महामहिम उदो भोल्जले नाईमा अटो शोमा अनावरण गरेका हुन् ।

अत्याधुनिक प्रविधिद्वारा सुसज्जित यी दुवै गाडीहरूमा पावरको आवश्यकताअनुसार दुई वा चारै सिलिन्डरद्वारा चल्ने १५०० सीसीबाट १५० हर्ष पावर उत्पादन गर्न सक्षम फ्युल इफिसेन्ट इन्जिन रहेको छ ।​

वट्रस जि टी सेडान र टाईगुन एसयूभी विश्वकै उच्च स्तरको सुरक्षा मापदण्ड एन क्यापमा पाँच तारा पाएका मोडल हुन् । जसले ड्राइभर र प्यासेन्जर दुवैलाई सुरक्षित अनुभूति गराउँदछ ।​

null

फक्सवागन वट्रस सेडान

फक्सवागन वट्रस, सेडान भएता पनि हाल नेपालमा उपलब्ध धेरै एसयूभी भन्दा पनि बढी अर्थात् १८० मिमिको ग्राउन्ड क्लियरेन्सका साथ आउँदछ । जसले गर्दा खाल्डा खुल्डीहरूमा पनि गाडी छुने डर हुँदैन । बलियो च्यासिस, पावरफुल इन्जिन तथा उच्च ग्राउन्ड क्लियरेन्सले गर्दा शहर होस् वा ग्रामीण सडक, सबै ठाउँमा यो गाडी लान सकिन्छ ।

फक्सवागन टाईगुन जीटी एसयूभी

नेपालको बाटोमा सुहाउँदो, १८८ मिमिको ग्राउन्ड क्लियरेन्स तथा अत्याधुनिक सेभेन स्पिड गियरबक्सका साथ लन्च गरिएको यस एसयूभीमा सम्पूर्ण सुरक्षा तथा कर्म्फटका फिचरहरू राखिएको छ । उदाहरणका लागि ६ वटा एयर ब्याग, इलेक्ट्रोनिक स्टायविलिटी कन्ट्रोल, हिल होल्ड कन्ट्रोल इत्यादि दुवै मोडलमा राखिएको छ ।

हाल यस कम्पनीको देशभरि प्रमुख शहरहरू विराटनगर, नारायणघाट, बुटवल, नेपालगञ्ज, धनगढी, पोखरामा सर्भिस तथा पार्टस् सेन्टर रहेको कम्पनीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्