
आउँदो भदौ ६ गतेदेखि प्रदर्शनमा आउने चलचित्र ‘माग्ने राजा’को ट्रेलर सार्वजनिक गरिएको छ ।
बिहीबार क्यूएफएक्स सिभिल मलमा एक विशेष समारोह आयोजना गरेर चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।
‘हल्का रमाइलो’ भन्दै दर्शक हँसाउँदै आएका केदार घिमिरे ‘माग्ने बुढा’ यही चलचित्रमार्फत् पहिलो पटक मुख्य भूमिकामा देखिँदैछन् ।
ट्रेलर हेर्दा चलचित्रको केन्द्रमा उनै माग्ने बुढा छन् ।

चलचित्रमा केदारसँगै विल्सन विक्रम राई ‘तक्मे बुढा’, वर्षा सिवाकोटी र शिशिर वाङ्देल लगायतका कलाकारको मुख्य भूमिमा रहेको छ ।
आरम्भ प्रोडक्सनको ब्यानरमा बनेको चलचित्रको निर्माता मुनाल घिमिरे र मधुसुदन शर्मा हुन् भने ऋषि लामिछानेले निर्देशन गरेका हुन् ।
सिनेमामा नरेन्द्र मैनालीको छायांकन, सामीप्यराज तिमल्सेनाको लेखन, सुजिल कर्माचार्यको पार्श्र्व संगीत र मित्र गुरुङको सम्पादन रहेको छ ।
हेर्नुहोस् ट्रेलर :