
नवलपरासी २५ मंसिर – पूर्वी नवलपरासीको क्षेत्र नम्बर २ मा वाम गठबन्धनका उम्मेदवार तिलक महत विजयी भएका छन् ।
अन्तिम नतिजाअनुसार महतले ३९ हजार ५३ मत प्राप्त गरे । त्यस्तै निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार विष्णुकमार कार्कीले ३७ हजार ७ सय २० मत प्राप्त गरे ।
पूर्वी नवलपरासीमा रहेका दुई क्षेत्रमध्ये क्षेत्र १ मा नेपाली कांग्रेसका नेता शंशाक कोइरालाले जित हासिल गरेका छन् ।