१७ असार २०८३, बुधबार

सामसङले ल्याउँदै छ नेपाली उपभोक्ताका लागि क्यू एलईडी टीभीमा भिजन एआई​

भदौ २, २०८२
काठमाडौं
सामसङले ल्याउँदै छ नेपाली उपभोक्ताका लागि क्यू एलईडी टीभीमा भिजन एआई​

सामसङ नेपालले आफ्नो प्रिमियम २०२५ क्यू एलईडी टीभी मोडेलको नयाँ लाइनअप सार्वजनिक गरेको छ । 

जसले नेपाली उपभोक्तालाई क्रान्तिकारी सामसङ भिजन एआई प्रविधि उपलब्ध गराउने कम्पनीले जनाएको छ ।

यस शुरूआती प्रस्तुतिको केन्द्रमा रहेको सामसङ भिजन एआईले नयाँ पुस्ताको एआई क्षमतासहित अद्वितीय होम इन्टरटेन्मेन्ट अनुभव दिनेछ।

नवप्रवर्तनप्रति आफ्नो प्रतिबद्धतामा अडिग रहँदै, सामसङको यो नयाँ श्रृंखलाले टीभीसँग प्रयोगकर्ताको सम्बन्धलाई नयाँ परिभाषा दिँदै, तिनलाई दैनिकीलाई अझ समृद्ध बनाउने स्मार्ट साथीमा रूपान्तरण गर्छ।

सामसङ भिजन एआईको अत्याधुनिक प्रविधिले तस्वीर र आवाजलाई एआईबाट अझ शक्तिशाली बनाउँदै, प्रयोगकर्तालाई व्यक्तिगत अनुभव दिने कम्पनीको विश्वास छ ।

यस्तो छ मूल्य

null

salt training

कमेन्ट गर्नुहोस्