
ब्रिटिस एजुकेसन ग्रुपअन्तर्गतको ब्रिटिस इन्टरनेशनल कलेजले बेलायतको प्रतिष्ठित कील विश्वविद्यालयसँगको सहकार्यमा नेपालमा बीएस्सी (अन्स) डाटा साइन्स कार्यक्रमको शुभारम्भ गरेको छ।
काठमाडौंको मेरियट होटलमा आयोजित भव्य समारोहका साथ ऐतिहासिक कार्यक्रम शुरू भएको जानकारी दिइएको हो । यसले नेपालको शैक्षिक र प्रविधि क्षेत्रमा नयाँ युगको शुरूआत गरेको छ।
कार्यक्रममा शिक्षा, प्रविधि, व्यवसाय, कूटनीति तथा सरकारी उच्च अधिकारीहरू, शैक्षिक विज्ञहरू, उद्यमीहरू र आकांक्षी पेशाकर्मीहरूको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रमको शुरूआत ब्रिटिस एजुकेसन ग्रुपका अध्यक्ष उपेन्द्र कँडेल र कार्यकारी निर्देशक महेन्द्रराज कँडेलले दीप प्रज्वलनबाट गरेका हुन् ।
सो अवसरमा एआई र डाटा विषयवस्तुमा आधारित विशेष नृत्य प्रदर्शन गरिएको थियो भने ब्रिटिस कलेजको आधिकारिक एआई रोबोट 'रोज'ले पहिलोपटक स्वागत मन्तव्य राखेको थियो ।
यो बीएस्सी (अन्स)डाटासाइन्स कार्यक्रमले नेपालमा छरिएका विशाल डेटालाई व्यवस्थित गर्न र सही दिशा प्रदान गर्न एउटा महत्त्वपूर्ण शैक्षिक पहल शुरू गरेको छ। यस कार्यक्रमको लक्ष्य देश भित्र उपलब्ध तथ्याङ्कहरूलाई वैज्ञानिक ढंगले व्यवस्थापन र मार्गदर्शन गर्नु हो ।
आगामी सेप्टेम्बर २०२५ सम्म पहिलो ५० जना विद्यार्थीका लागि प्रारम्भिक अफर पनि उपलब्ध रहेको छ।

