२९ जेठ २०८३, शुक्रबार

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकबाट ६.२९ प्रतिशतमै गाडी कर्जा

भदौ ३, २०८२
काठमाडौं
नेपाल इन्भेस्टमेन्ट मेगा बैंकबाट ६.२९ प्रतिशतमै गाडी कर्जा

नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडले ग्राहकहरूका लागि विशेष सुविधासहितको गाडी कर्जा योजना सार्वजनिक गरेको छ ।

यस योजनाअन्तर्गत ग्राहकहरूले आकर्षक ब्याजदरमा सजिलैसँग गाडी खरिद गर्न सक्नेछन् ।

हालका लागि गाडी कर्जाको ब्याजदर केबल ६.२९ प्रतिशत (२०८२ भदौ महिनाको आधारदर ५.७९ प्रतिशत मा ०.५ प्रतिशत थप गरी हुन आउने ६.२९ प्रतिशत) कायम गरिएको छ ।

आगामी दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ल्याइएको यस योजनाले चाडपर्वको उत्सवमा नयाँ गाडीको सपना पूरा गर्न चाहने ग्राहकहरूलाई थप सहजता हुने बैंकको विश्वास छ ।​ 

सीमित समयका लागि मात्र लागू रहने यस विशेष सुविधा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडका देशभरका शाखाबाट लिन सकिनेछ ।​

बैंकले हाल २७५ शाखा, ६५ एक्स्टेन्सन काउन्टर, २६४ एटीएम एवं ६० शाखारहित बैंकिङमार्फत अत्याधुनिक बैंकिङ सेवा प्रदान गरिरहेको छ ।

null

salt training

कमेन्ट गर्नुहोस्