
'नाडा अटो शो- २०२५' मा टाटाले आफ्नो ३ नयाँ मोडल सार्वजनिक गरेको छ । काठमाडौंको भृकुटीमण्डपमा मंगलबारबाट शुरू भएको 'अटो शो'मा टाटाले कर्भ ईभी, नेक्सन के ३ र टियागो प्रदर्शनमा राखिएको छ ।
टाटाको नेपालका लागि आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले 'नाडा अटो शो'मा २०२५ का नयाँ एडिसन प्रदर्शनमा राखेको हो ।
कर्भ ईभी:
कुपे डिजाइनमा नयाँ मोडलको रूपमा कर्भ ईभीको टप भेरियन्ट प्रदर्शनमा रहेको छ । आकर्षक डिजाइन, अत्याधुनिक प्रविधिसहित टाटा कर्भ ईभीको ड्यासबोर्डमा १२.३ इन्चको फ्लोटिङ इन्फोटेन्मेन्ट टच स्क्रिन छ ।
हाई भेरियन्टमा १०.२५ इन्चको डिजिटल इन्स्टुमेन्ट क्लस्टर छ । ५५ किलोवाट आवरको ब्याट्रीमा सार्वजनिक भएको कर्भ इभीमा सुरक्षा फिचर्समा एन्टिलक ब्रेकिङ सिस्टम, अटोमेटिक क्लाइमेट कन्ट्रोल छ भने अधिकतम गति १६० प्रति किलोमिटर छ ।
टाटा नेक्सनको नयाँ भर्जन के थ्री:
टाटाको नेक्सनको नयाँ भर्जन के थ्री ४५ किलोवाट आवर ब्याट्री क्षमतामा आएको छ । अटोमेटिक इमर्जेन्सी ब्रेकिङ सिस्टम जसले सवारीसाधन, पैदलयात्री, साइकल चालक जंक्सनलगायतमा ठोकिन रोक्छ । गाडीलाई सुरक्षित राख्नका लागि स्वचालित ब्रेकले काम गर्छ । यसमा ब्याट्री प्याक ४५ किलोवाट आवर र ५५ किलोवाट आवरको ब्याट्री प्याक छ । ४५ किलोवाट आवरको ब्याट्री प्याक भएको भेरियन्टले ४३० किमी रेन्ज दिने कम्पनीको दाबी छ । तर ५५ किलोवाट आवर ब्याट्री प्याक भएको भेरियन्टले ५०२ किमी रेन्ज दिने दाबी गरिएको छ ।
टाटाले टियागो:
टाटाले २०२५ मोडलमा टिगायो पनि सार्वजनिक गरेको छ । टाटा टियागो इन्ट्री लेभलको मोडल हो । एन्ड्रोइड अटो र नेभिगेसनसहितको हर्मनको ७ इन्चको टचस्क्रीन इन्फोटेनमेन्ट सिस्टम जडान गरिएको छ। बाहिरी भागमा १८० एमएम ग्राउन्ड र्क्ल क्लियरेन्स छ ।
टाटा टियागोको २६ किलोवाट आवर ब्याट्रीले एआरएआई अनुसार, ३१५ किमीको रेन्ज दिने दाबी गरिएको छ । जसका लागि २५ किलोवाट डीसी फास्ट चार्जिङले ६५ मिनेटमै ८० प्रतिशत चार्ज हुन्छ ।