०२ असार २०८३, मंगलबार

शिक्षा विधेयकमा असन्तुष्टि जनाउँदै निजी विद्यालय सञ्चालकको प्रदर्शन [तस्वीरहरू]

भदौ ५, २०८२
काठमाडौं
शिक्षा विधेयकमा असन्तुष्टि जनाउँदै निजी विद्यालय सञ्चालकको प्रदर्शन [तस्वीरहरू]

विद्यालय शिक्षा विधेयकको प्रतिवेदनमा आफूहरूका माग समावेश नगरिएको भन्दै निजी विद्यालयका सञ्चालक तथा प्रिन्सिपलहरूले बिहीबार माइतीघर मण्डलमा विरोध प्रदर्शन गरेका छन् । 

विद्यालयका सञ्चालक तथा प्रिन्सिपलहरू आ-आफ्ना ब्यानरसहित विरोध प्रदर्शनमा आएका थिए । उनीहरूले सडकमै ब्यानर राखेर प्रदर्शन गरेका छन् । 

प्याब्सन, एनप्याब्सन र हिसानले बुधबार पत्रकार सम्मेलन गरी आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् । 

उनीहरूले विद्यालय शिक्षा सम्बन्धी विधेयक २०८० प्रतिवेदनमा निजी विद्यालयले १५ प्रतिशतसम्म पूर्ण छात्रवृत्ति दिनुपर्ने प्रावधान र निजी सञ्चालकमा रहेका विद्यालयलाई क्रमशः गैर–नाफामूलक राखिएकोले त्यसलाई हटाउनु पर्ने माग गरेका छन् ।

विद्यालयहरूमा उत्पादन नहुने सामग्री जस्तै; पोशाक, स्टेशनरी, शैक्षिक सामग्री, खाना–खाजा उपलब्ध गराउने प्रावधान खारेज गर्नुपर्ने,  छात्रवृत्ति वितरणको अधिकार सम्बन्धित विद्यालयमा रहनुपर्ने, पालिका प्रतिनिधिको सहभागितामा एक पारदर्शी समिति गठन गरी वितरण गर्न सकिने व्यवस्था गरिनुपर्ने लगायत उनीहरूका माग छन् ।

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null
 

salt training

कमेन्ट गर्नुहोस्