२९ जेठ २०८३, शुक्रबार

झिनो अंकले घटेर बन्द भयो सेयर बजार, ५ अर्ब बढीको कारोबार

भदौ ५, २०८२
काठमाडौं
झिनो अंकले घटेर बन्द भयो सेयर बजार, ५ अर्ब बढीको कारोबार

नेपाल स्टक एक्सचेन्ज (नेप्से) झिनो अंकले घटेको छ । 

साताको अन्तिम कारोबारका दिन नेप्से परिसूचक ९.२२ अंकले घटेर २७५७.९७ को विन्दुमा कायम भएको हो । अघिल्लो दिन बुधबार नेप्से परिसूचक ९.७० अंकले घटेर २७६७.२० को विन्दुमा बन्द भएको थियो । 

बिहीबार बजारमा १ करोड ६८ लाख ५५ हजार ९०६ कित्ता सेयरको खरिदबिक्री हुँदा ५ अर्ब २ करोड १ लाख ४ हजार रूपैयाँको कारोबार भएको छ । 

आज विकास हाइड्रोपावर, सामुदायिक लघुवित्त वित्तीय संस्था, मुक्तिनाथ डेभेन्चर २०८४/८५ र रसुवागढी हाइड्रोपावर कम्पनीका लगानीकर्ताहरूले सबैभन्दा  बढी नाफा कमाएका छन् । 

कारोबारको आधारमा भने हिमालयन रिइन्स्योरेन्स २४ करोड ९ लाख ५० हजार रूपैयाँको कारोबारसहित शीर्ष स्थानमा रह्यो । 

बिहीबार बजार पुँजीकरण भने ४६ खर्ब ८ अर्ब रूपैयाँ रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्