
डिशहोमले यो वर्षको कुशे औंसी अर्थात् बुबाको मुख हेर्ने दिनलाई विशेष बनाउन आकर्षक अफर ल्याएको छ ।
अब वार्षिक नयाँ इन्टरनेट (एमबीपीएस र माथिका प्याकेज) लिनेलाई डिशहोमले ७ हजार ९९९ पर्ने फोर-के स्ट्रीमर उपहार स्वरूप दिनेछ ।
यो विशेष अफर भदौ ५ देखि भदौ ७ सम्म मात्र लागू हुनेछ। उपहार प्राप्त गर्न, ग्राहकले जडानको ७ दिनपछि आफ्नो नजिकको डिशहोम सेवा केन्द्रमा ग्राहक आईडी वा इन्टरनेट विवरण देखाएर लिन सक्नेछन् ।
यस विशेष अभियानमार्फत् डिशहोमले बुबाको मुख हेर्ने दिनलाई सम्मान गर्दै, आफ्ना ग्राहकहरूलाई अत्याधुनिक मनोरञ्जन उपकरण उपहार दिन लागेको जनाएको छ ।