१४ असार २०८३, आइतबार

प्रधानमन्त्री ओलीले विश्वासको मत नलिनुको कारण पेस गर्न सर्वोच्चको आदेश, छलफलका लागि दुवै पक्षलाई बोलाइयो

भदौ ६, २०८२
काठमाडौं
प्रधानमन्त्री ओलीले विश्वासको मत नलिनुको कारण पेस गर्न सर्वोच्चको आदेश, छलफलका लागि दुवै पक्षलाई बोलाइयो

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नलिएको भन्दै परेको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।

न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले शुक्रबार उक्त आदेश गरेको हो ।

साथै अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा छलफलका लागि यही भदौ ११ गते बुधबारका लागि मिति समेत तोकिएको सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेले लोकान्तरलाई जानकारी दिए । 

ओली नेतृत्वको सरकारलाई दैनिक कामकाज सञ्चालनमा बाहेक दूरगामी तथा नीतिगत प्रकृतिका निर्णयमा रोक लगाउन माग गर्दै अधिवक्ता वीरेन्द्र केसीले रिट दायर गरेका थिए ।

जनता समाजवादी पार्टी (जसपा) नेपाल र नागरिक उन्मुक्ति पार्टीले ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएकाले ३० दिनभित्र विश्वासको मत लिनुपर्नेमा नलिएको रिटमा उल्लेख छ ।

जसपाले गत असार ३१ मा नै समर्थन फिर्ता लिएको हुँदा त्यसको ३० दिनभित्र विश्वासको मत लिनुपर्नेमा निलिएको हुँदा ओली नेतृत्वको सरकार गैरसंवैधानिक रहेको रिटमा दाबी गरिएको छ ।

प्रधानमन्त्री ओली, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सभामुख देवराज घिमिरे, संघीय संसद् सचिवालय र राष्ट्रपति कार्यालय, शीतल निवासलाई रिटमा विपक्षी बनाइएको छ ।

यति मात्र नभएर राष्ट्रपतिको तर्फबाट संविधानको धारा ७६ बमोजिमको सरकार गठनको प्रक्रिया प्रारम्भ गराउन रिटमा माग गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्