
नेपाली महिलाहरूको चाड तीजको अवसरमा राधिका पन्त भण्डारीको मौलिक शब्द समेटिएको गीत ‘काला पोखरा’ले चर्चा कमाएको छ ।
गुल्मी जिल्लाको धुर्कोट वस्तुमा तीज मेला लाग्ने ठाउँ ‘काला पोखरा’को नाममा गीत निकालिएको हो । सो ठाउँमा प्रसिद्ध कालिका मन्दिर रहेको छ ।
गायिका सीमा नेपालीको स्वर रहेको गीतमा विष्णु भण्डारीले म्युजिक भरेका छन् । पश्चिम नेपालमा घन्किने भाका र लयमा मौलिक शब्द बुनिएका छन् ।
कहाँ हो र पुतली चट्ट परी हिँडेको ?
काला पोखरा, तीजको मेलैमा !
------
भाइले मादल बजाउने, दिँदी गीत जुराउने,
हामी नाचेर धोको पुर्याउने
भिडियोको छायाङ्कन ललितपुरको गोदावरीस्थित सेन्ट जेभियर्स स्कूलमा गरिएको हो । विद्यालयकी शिक्षिका समेत रहेकी पन्तले विगतमा पनि तीज गीत लेख्ने गरे पनि रेकर्ड गरिएको यो पहिलो गीत हो ।
‘राम्रो प्रतिक्रिया आएको छ, आर्टिस्ट अफ नेपालले यस वर्षको उत्कृष्ट पाँचौं भनेर हामीलाई अवार्ड पनि गरेको छ,’ राधिकाले भनिन् ।
गुल्मीको बलेटक्सार, दार्सिङबास (हाल रुरुक्षेत्र ४) मा जन्मिएकी पन्त स्कुलमा पढ्ने बेलादेखि नै साहित्य लेखनमा सक्रिय छिन् । कयौँ गीत, नाटक, गीति नाटक लगायत लेखेकी पन्तका केही रचना मधुर्पकमा प्रकाशित भएका छन् ।
बस्तु–काठमाडौं सम्पर्क समाजकी अध्यक्ष समेत रहेकी पन्तले आफ्नो घर रहेको धुर्कोट बस्तुको प्रसिद्ध कालिका मन्दिर र गाउँको सम्झनाका लागि गीतमा सो ठाउँका दृष्य समावेश गरेकी छिन् ।
गीतमा व्यबसायिक मोडल भन्दापनि धुर्कोट बस्तुका चेलीहरुले अभिनय र नाचगान गरेका छन् ।
हेर्नुहोस् भिडियो :