
तिजको अवसरमा चर्चित गायिका एलिना चौहानले सामाजिक सञ्जालमार्फत भावुक अभिव्यक्ति दिएकी छन्।
फेसबुकमा स्टाटस लेख्दै उनले परम्परागत ब्रत र तिजको महत्वबारे आफ्नो अनुभूति पोख्दै भनेकी छन्, “मैलै पुजेर जल खाएका तिम्रा खुट्टा, मेरो छातीमा बजारिए, त्यसपछि था भयो, तिजको ब्रत आफ्नो आयु बढाउन बस्नु पर्ने रहेछ।”
एलिना चौहान पछिल्लो समयकी लोकप्रिय गायिका हुन्। उनले केहीअघि श्रीमानसँग सम्बन्धबिच्छेद गरेकी थिइन् ।