३० जेठ २०८३, शनिबार

बिमाबापत्‌को एक अर्ब प्राप्त नहुँदा भरतपुर अस्पतालमा कर्मचारीलाई तलब दिनै कठिन

भदौ १२, २०८२
काठमाडौं
बिमाबापत्‌को एक अर्ब प्राप्त नहुँदा भरतपुर अस्पतालमा कर्मचारीलाई तलब दिनै कठिन

भरतपुर अस्पतालले स्वास्थ्य बिमाबापत् प्राप्त गर्नुपर्ने रकम एक अर्ब रुपैयाँ नाघेको छ । गत आर्थिक वर्षको साउनदेखि हालसम्म भुक्तानी नपाउँदा अस्पताल सञ्चालनमै समस्या हुन थालेको हो ।

सङ्घीय सरकार मातहतको अस्पतालमा स्वास्थ्य बिमा गरेका बिरामी उपचार गराउन आउनेको सङ्ख्या उल्लेख्य हुने गर्दछ । अस्पतालका स्वास्थ्य बिमा कार्यक्रम इञ्चार्ज लिलाधर पौडेलका अनुसार गत आर्थिक वर्षको ९० करोड भुक्तानी हुन बाँकी थियो । यस आर्थिक वर्षको साउनको मात्रै १० करोड दाबी भुक्तानी हुन बाँकी छ ।

गत आर्थिक वर्षमा चार लाख ४१ हजार ३०८ वटा फाइल दाबीका लागि पेस गरिएको छ ।

अस्पतालमा आउने ७० प्रतिशत बिरामी बिमाका हुने गर्दछन् । गत आर्थिक वर्षमा अस्पतालले अघिल्लो आर्थिक वर्षको ५५ करोड ५१ लाख ४४ हजार प्राप्त गरेको थियो । 

अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट प्राडा कृष्णप्रसाद पौडेलले बिमामार्फत् पाउनु पर्ने रकम निकासा नहुँदा कर्मचारीलाई तलब दिन कठिन भएको बताए । उनले भने, 'साउनको तलब बल्ल खुवाइयो, भदौको तलब खुवाउन सक्ने अवस्था छैन ।'

अस्पतालका नियमित कामसमेत प्रभावित भएको भन्दै उनले बन्दै गरेको ट्रमा सेन्टर बजेटकै अभावमा रोकिएको बताए ।

salt training

कमेन्ट गर्नुहोस्