
इन्टरनेट सेवा प्रदायक सीजी नेटले यस वर्षको चाडपर्वलाई विशेष बनाउन आफ्ना नयाँ तथा नवीकरण गर्ने ग्राहकका लागि आकर्षक दशैँ योजना सार्वजनिक गरेको छ ।
यस योजनाअन्तर्गत, प्रत्येक प्याकेजको नवीकरण गर्दा वा नयाँ प्याकेज किन्दा ग्राहकले निश्चय उपहार पाउनेछन् । ग्राहकले आफ्नो रोजाइ अनुसारका उपहार लिन सक्ने कम्पनीले जनाएको छ ।
उपहारहरू :
सीजी नेटले सधैँ आफ्ना ग्राहकलाई किफायती मूल्यमा द्रुतगति इन्टरनेटसँगै थप मूल्य वर्धन गर्ने प्रयास गर्दै आएको जनाएको छ । यस चाडपर्वमा उपहारसहितको इन्टरनेट अफरले ग्राहकलाई अझै लाभान्वित बनाउने कम्पनीको विश्वास छ ।