२८ जेठ २०८३, बिहीबार

अस्ट्रेलियामा कुखुरा काट्ने, भाँडा माझ्ने र ट्वाइलेट सफा गर्ने काम गरें– मिस नेपाल लुइँटेल

भदौ १८, २०८२
काठमाडौं
अस्ट्रेलियामा कुखुरा काट्ने, भाँडा माझ्ने र ट्वाइलेट सफा गर्ने काम गरें– मिस नेपाल लुइँटेल

मिस नेपाल– २०२५ को ताज उचालेकी लुना लुइँटेलले अस्ट्रेलिया बसाइको शुरूआति दिनमा कुखुरा काट्ने, भाँडा माझ्ने र ट्वाइलेट सफा गर्नेसम्मका काम गरेको बताएकी छिन् ।

अमेरिका–अस्ट्रेलियामा बस्ने कतिपय नेपालीले आफूले गरेका कामबारे झूट बोल्ने भएपनि मिस नेपाल लुइँटेलले आफूले भोगेको दु:खको वास्तविकता खुलाएकी हुन् ।

सञ्जय सिलवाल गुप्तासँगको ‘पडकास्ट’ कुराकानीका क्रममा मिस नेपाल लुइँटेलले कुखुरा काट्ने काम गर्नुपर्दा आफू धुरुधुरु रोएको बताइन् ।

‘अस्ट्रेलियाको मेरो पहिलो काम भनेको कुखुरा काट्ने थियो । म भेजिटेरियन भएको १० वर्ष भइसकेको थियो । एउटै टेबलमा बसेर खान समेत मन नगर्ने मान्छेलाई कुखुरा काट्ने काम गर्नुपर्‍यो । कुखुराको छातीमा हान्दा शुरूको दिन रोएँ । रोएको देखेर मेरो म्यानेजरले सोधिन्– के भयो ? मैले हात कामेर काट्न सक्दिन भनें । २ हप्ताको समय त्यहाँ काम गर्दा त्यो काम गर्न सक्दिनँ, बरु नेपाल जान्छु भन्ने सोच आयो,’ उनले भनिन् ।

दोस्रो काम भाँडा माझ्ने रहेको उनले सुनाइन् । ‘मेरो दोस्रो काम भाँडा माझ्ने थियो, मभन्दा ठूलो भाँडा थियो । भित्र परेर मस्काउनु पर्थ्यो,’ उनले सुनाइन् ।

त्यसपछि तेस्रो काम ट्वाइलेट सफा गर्ने रहेको उनले बताइन् । ‘मेरो तेस्रो काम ट्वाइलेट क्लिनिङ थियो । मलाइ लाग्छ, कुनै काम सानो होइन, सबै कामलाई रेस्पेक्ट गर्छु,’ उनले भनिन् ।

अस्ट्रेलियामा बस्दै आएकी लुइँटेल सन् २०२५ का लागि मिस नेपाल बनेकी थिइन् ।

salt training

कमेन्ट गर्नुहोस्