
शंकर ग्रुप अन्तर्गतको जगदम्बा मोटर्सले काठमाडौंको भृकुटीमण्डपमा ‘टीभीएस ग्रेट ग्राण्ड एक्सचेन्ज तथा फाइनान्स मेला’ शुरू गरेको छ । मेला यही भदौ २३ गतेसम्म चल्ने कम्पनीले जनाएको छ ।
जगदम्बा मोटर्स नेपालमा टीभीएस दुई पाङ्ग्रे सवारीसाधनहरूको एकमात्र आधिकारिक वितरक हो । यो ६ दिने भव्य मेला आफ्ना सवारी साधन अपग्रेड गर्न चाहने ग्राहकका लागि विशेष अवसर हुने कम्पनीको भनाइ छ ।
ग्राहकहरूले कुनै पनि ब्रान्डको पुरानो मोटरसाइकल वा स्कुटर साटेर नयाँ टीभीएस दुई पाङ्ग्रे लिन सक्नेछन् । साथै, एक लाखसम्म नगद छुट, पुरानो गाडीमा न्यूनतम ३० हजार मूल्यांकन, एक्सचेन्ज गर्दा १० हजारसम्मको अतिरिक्त फाइदा, प्रत्येक नयाँ खरिदमा निःशुल्क एसेसरीज र केवल नागरिकता र लाइसेन्ससहित सजिलो फाइनान्स योजना प्राप्त गर्ने कम्पनीले जनाएको छ ।
यसका अतिरिक्त, प्रि–बुक गर्ने ग्राहकहरूले बोल्ट स्मार्ट वाच र एयरबड्स विशेष उपहारका रूपमा प्राप्त गर्नेछन् । मेलामा आकर्षण थप्नका लागि स्टण्ट शो, टेस्ट राइड, गेमिङ जोन र फुड स्टल पनि रहनेछन्, जसले मेलालाई केवल खरिद अनुभव मात्र नभई एक सम्पूर्ण उत्सवमय अवसर बनाउनेछ ।
यस कार्यक्रमको बारेमा बोल्दै जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक रौनियारले भने, ‘ग्रेट ग्राण्ड एक्सचेन्ज एण्ड फाइनान्स मेला हाम्रो सम्मानित ग्राहकलाई यस उत्सवमा उत्तम सुविधा उपलब्ध गराउने हाम्रो प्रयास हो । आकर्षक नगद छुट, सजिलो फाइनान्स सुविधा र लाइफटाइम वारन्टीको आश्वासनसँगै, टीभीएसले प्रत्येक राइडरप्रति मूल्य, विश्वास र सन्तुष्टिको हाम्रो लामो प्रतिबद्धतालाई अझ मजबुत बनाइरहेको छ ।’
यो मेला यसपालिको टीभीएस दशैं–तिहार अभियान ‘बाँड्दै हर्ष, बढाउँदै सम्बन्ध’सँग पनि जोडिएको छ, जसले नेपालको सबै परिवारहरूको उत्सवलाई अझै यादगार बनाउने कम्पनी बताउँछ ।
थप जानकारीका लागि ग्राहकहरूले कम्पनीको वेबसाइटमा भिजिट गर्न वा ९८५११७१०१४ मा सम्पर्क गर्न सक्ने कम्पनीले जनाएको छ ।