१४ असार २०८३, आइतबार

काभ्रे मालपोतमा अख्तियारको छापा, २ लाख घुससहित एक कर्मचारी नियन्त्रणमा

भदौ १८, २०८२
काठमाडौं
काभ्रे मालपोतमा अख्तियारको छापा, २ लाख घुससहित एक कर्मचारी नियन्त्रणमा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय काभ्रेमा छापा हानेको छ । त्यसक्रममा २ लाख रूपैयाँ घुस रकमसहित एक जना कर्मचारीलाई रंगेहात पक्राउ गरिएको अख्तियारले जनाएको छ । 

अख्तियारका प्रवक्ता राजेन्द्र पौडेलले २ लाख रूपैयाँ घुस रकमसहित एक कर्मचारीलाई नियन्त्रणमा लिइएको जानकारी दिए । 

‘कर्मचारीको नाम अहिले थाहा हुनसकेन । तर, २ लाख रूपैयाँ नगदसहित पक्राउ गरिएको हो,’ उनले लोकान्तरसँग भने, ‘केही समयमै प्रेस रिलिज जारी हुन्छ ।’

salt training

कमेन्ट गर्नुहोस्