२७ जेठ २०८३, बुधबार

दीपकराज गिरीद्वारा चलचित्र क्षेत्रमा बढ्दै गएको ‘खेताला संस्कृति’ अन्त्य गर्न आग्रह

भदौ १९, २०८२
काठमाडौं
दीपकराज गिरीद्वारा चलचित्र क्षेत्रमा बढ्दै गएको ‘खेताला संस्कृति’ अन्त्य गर्न आग्रह

कलाकार दीपकराज गिरीले चलचित्र क्षेत्रमा ‘खेताला संस्कृति’ र झूटो प्रचारप्रसार बढ्दै गएको गुनासो गरेका छन्।

 पोहोर सालदेखि निरन्तर गाली, गलौज र बहिष्कारका धम्की आइरहेको भन्दै उनले आफू र परिवार समेत मानसिक तनावमा परेको अनुभव रहेको समेत बताए ।  “संघर्ष नै जीवन हो भनेर बच्चालाई सम्झाउँदै मैले बाटो समातेँ, तर यो नकरात्मक प्रवृत्ति बढ्दै गएको छ,” गिरीले बिहीबार सामाजिक सञ्जालमार्फत  बताएका छन्।

हालै निर्माता रोहित अधिकारीसमेत त्यस्तै समस्यामा परेपछि आफूले उनको पीडा सुनेको गिरीले बताएका छन्। ‘अडियो’ भनेर प्रचार गरिएको सामग्री वास्तविकता नभई पीडामा व्यक्त भएको आक्रोश मात्रै भएको उनको दाबी छ।

गिरीले चलचित्र क्षेत्रमा पछिल्लो समय आएको विभाजन, आपसी दुश्मनी र भोजपुरी शैलीको ‘जित-हार’ संस्कृतिलाई समाप्त गर्नुपर्ने आवश्यकता औंल्याउँदै “अन्यायविरुद्ध लाग्ने स्वभावका कारण अब पछि हट्न सक्दिनँ,” भन्दै सहयोगको अपेक्षा गरेका छन्।

salt training

कमेन्ट गर्नुहोस्