२६ जेठ २०८३, मंगलबार

नेपालका लागि विटगन ग्रुपको आधिकारिक बिक्रेता बन्यो प्राइम एसोसिएट्स

भदौ २१, २०८२
काठमाडौं
नेपालका लागि विटगन ग्रुपको आधिकारिक बिक्रेता बन्यो प्राइम एसोसिएट्स

प्राइम एसोसिएट्स, विटगन ग्रुपका निर्माणसम्बन्धी अत्याधुनिक उपकरण तथा औजारहरूको नेपालका लागि आधिकारिक बिक्रेता नियुक्त भएको छ ।

​​​​विगत लामो समयदेखि अटोमोबाइल, रोड, बिल्डिङ र ब्रिज कन्स्ट्रक्सन इक्विपमेन्टको निरन्तर बिक्री–वितरण गर्दै आएको​ प्राइम एसोसिएट्सलाई विश्वका अत्याधुनिक प्रविधि प्रयोग गरी उत्पादन हुने जोन डियरे ग्रुप अन्तर्गतको ​विटगन ग्रुपले आधिकारिक बिक्रेता नियुक्त गरेको हो ।

काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच विटगन ग्रुपका एमडी, सीईओ रमेश पलागिरी र प्राइम एसोसिएट्स प्रालिका कार्यकारी निर्देशक दीपक आचार्यले यससम्बन्धी सम्झौतापत्र आदानप्रदान गरेका हुन् । सो अवसरमा नयाँ ग्राहकलाई ती उपकरणको चाबी समेत हस्तान्तरण गरिएको थियो ।

null

सो अवसरमा सीईओ पलागिरीले विश्वमै उत्कृष्ट निर्माण उपकरण मानिने विटगन ग्रुप अन्तर्गतका इक्विपमेन्ट नेपाली बजारमा धेरै ग्राहकले रुचाइरहेको र आगामी दिनमा यसको प्रयोग अझै बढ्ने बताए ।

प्राइम एसोसिएट्स प्रालिका कार्यकारी निर्देशक आचार्यले लामो समयदेखि यही क्षेत्रमा क्रियाशील भएको र हाल नयाँ ब्रान्डमार्फत नेपाली ग्राहकलाई थप गुणस्तरीय निर्माण सामग्री उपलब्ध गराउन पाउँदा खुसी लागेको बताए ।

प्राइम एसोसिएट्सले विगत १८ वर्षदेखि नेपाली बजारमा अटोमोबाइल र कन्स्ट्रक्सन इक्विपमेन्टसम्बन्धी कारोबार गर्दै आएको छ ।

यस अनुसार, सडक विस्तारका लागि आवश्यक अस्फाल्ट प्लान्ट, पेभर्स, ब्रुमर, स्टोन क्रसर लगायतको कारोबार गर्दै आएको प्राइम एसोसिएट्सले कंक्रिटिङका लागि चाहिने सेल्फ लोडिङ मिक्सचर समेत उपलब्ध गराइरहेको छ ।

हाल विश्वका विभिन्न देशमा विटगन कम्पनीका उत्कृष्ट तथा विश्वसनीय उत्पादन सडक निर्माण तथा पुनःस्थापना कार्यका लागि बिक्री–वितरण भइरहेका छन् ।

null

salt training

कमेन्ट गर्नुहोस्