![जेनजी आन्दोलनका घाइतेलाई भेट्न ट्रमा सेन्टर पुगिन् प्रधानमन्त्री कार्की [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/PM_Sushila_Karki_in_Truma_Center_4_1xT6laySTE.jpg)
प्रधानमन्त्री सुशीला कार्की जेनजी आन्दोलनका घाइतेलाई भेट्न राष्ट्रिय ट्रमा सेन्टर पुगेकी छन् ।
उनी शनिबार दिउँसो ट्रमा सेन्टर पुगेर घाइतेहरूको अवस्थाबारे जानकारी लिएकी हुन् ।
यही भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरूको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
जेनजी समूहकै माग बमोजिम कार्कीलाई राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार प्रधानमन्त्री नियुक्त गरेका थिए ।





