
नेकपा एमालेका नेता एवं पूर्वमन्त्री गोकुल बाँस्कोटाले नेतृत्व परिवर्तनका लागि सबै तयार हुनुपर्ने बताएका छन् ।
सोमबार सामाजिक सञ्जालमार्फत उनले समाज विज्ञानका नियमले नेतृत्व बदल्ने भएकाले सबै तयार हुनुपर्ने बताएका हुन् ।
'अरु क्षति रोक्न जे भो-भो हैन, किन भो, कसरी भो ? अब के कसरी, कहिले गर्ने ? छिटो तर सुविचारित निर्णय गरी पार्टीलाई पुनर्गठन गरौं,' उनले लेखेका छन्, 'अप्रिय लाग्ला, तर सत्य यही हो कि दलविना गणतन्त्र बाँच्दैन र गणतन्त्रविना समाज । समय, परिवेश, प्रकृति, प्रकृया र समाज विज्ञानका नियमले नेतृत्व बदल्छ सबै तयार हुनैपर्छ।'