
निर्वाचन आयोग आमनिर्वाचनको आन्तरिक तयारीमा जुटेको छ। आयोगले अबको केही दिनभित्रै प्रधानमन्त्रीसँग थप छलफल गर्ने गरी आन्तरिक तयारीलाई तीव्र बनाएको हो।
तोकिएको मितिमा निर्वाचन गराउन आयोग सक्षम रहेको आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले बताएको आजको गोरखापत्र दैनिकले समाचार छापेको छ । यद्यपि पाँच जना आयुक्त रहनुपर्ने आयोगमा प्रमुखसहित दुई आयुक्त पद रिक्त छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले भदौ २७ गते शुक्रबार प्रधानमन्त्रीको सिफारिसमा प्रतिनिधि सभाको निर्वाचन आगामी फागुन २१ गते हुने गरी मिति तोकेका छन् ।