०२ साउन २०८३, शनिबार

बाढीले प्युठानमा एकाघरका दाजुभाइ बगायो : एकको मृत्यु, अर्का बेपत्ता

असार ३, २०८३
बुटवल
बाढीले प्युठानमा एकाघरका दाजुभाइ बगायो : एकको मृत्यु, अर्का बेपत्ता

प्यूठानमा बाढीले विद्यालयबाट घर फर्कँदै गरेका दुई विद्यार्थी बगाएको छ ।

प्यूठानको नौबहिनी गाउँपालिका–५ काँटेमा मंगलबार विद्यालयबाट घर फर्किरहेका स्थानीय यामबहादुर खत्रीका दुई छोरा विमल र मिलनलाई बर्खे बाढीले बगाएको जिल्ला प्रहरी कार्यालय, प्युठानका प्रहरी निरीक्षक (इन्स्पेक्टर) हरि भट्टराईले जानकारी दिए । 

उनका अनुसार बर्खे भेलले बगाएकामध्ये एक जनाको मृत्यु भएको र अर्का बेपत्ता छन् । 

विमल कक्षा १ मा र मिलन कक्षा ३ मा अध्ययनरत थिए । 

बेपत्ताको खोजी भइरहेको इन्स्पेक्टर भट्टराईले बताए ।

 

salt training

कमेन्ट गर्नुहोस्