२५ असार २०८३, बिहीबार

लागूऔषध तस्करहरूको डुंगामा अमेरिकी आक्रमण, तीन जनाको मृत्यु

भदौ ३१, २०८२
काठमाडौं
लागूऔषध तस्करहरूको डुंगामा अमेरिकी आक्रमण, तीन जनाको मृत्यु

अमेरिकी सेनाले दक्षिण अमेरिका नजिकै लागूऔषध तस्करहरूको डुङ्गामा आक्रमण गरेको छ  । आक्रमणमा ३ जनाको मृत्यु भएको राष्ट्रपति डोनाल्ट ट्रम्पले जानकारी दिएका हुन् । 

उनले सामाजिक सञ्जालमा पोस्ट गर्दै यी तस्करहरूलाई नार्को आतंकवादी अर्थात् लागूऔषध कार्टेलसँग सम्बन्धित आतंककारीहरू भनेर वर्णन गरेका छन् । 'मेरो आदेशमा अमेरिकी सेनाले लागूऔषध तस्करी कार्टेल र नार्को आतंककारीहरूमाथि प्रहार गर्‍यो । यी व्यक्तिहरू भेनेजुएलाबाट अमेरिकामा लागूऔषध लैजाँदै थिए,' उनले भनेका छन् । 

उनले  लागूऔषध कार्टेलहरू अमेरिकी राष्ट्रिय सुरक्षा, विदेश नीति र हितका लागि ठूलो खतरा भएकव बताए । ट्रम्पले यो आक्रमणमा अमेरिकी सेनालाई कुनै क्षति नभएको पनि बताएका छन् ।

दुई हप्ताअघि पनि अमेरिकी सेनाले भेनेजुएलाको कुख्यात ट्रेन डे अरागुआ गिरोहसँग सम्बन्धित ११ जनालाई मारेको दाबी गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्