२४ असार २०८३, बुधबार

बजार खुलेको दुई मिनेटमै नेप्सेमा नकारात्मक सर्किट, २० मिनेटका लागि कारोबार बन्द

असोज २, २०८२
काठमाडौं
बजार खुलेको दुई मिनेटमै नेप्सेमा नकारात्मक सर्किट, २० मिनेटका लागि कारोबार बन्द

झन्डै दुई सातापछि खुलेको सेयर बजार दुई मिनेटमै सर्किट ब्रेक लागेको छ । बिहीबार सेयर कारोबार खुलेको दुई मिनेटमै नेगेटिभ सर्किट ब्रेक लागेर कारोबार २० मिनेटका लागि बन्द भएको हो । 

पहिलो दुई मिनेटमा ३ लाख ३४ हजार २७५ कित्ता सेयरको खरिदबिक्री हुँदा १५ करोड ६६ लाख रुपैयाँको कारोबार भइसकेको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ४ प्रतिशतले घट्दा सर्किट ब्रेक लागेर २० मिनेटका लागि बन्द भएको हो । 

शेयर बजारमा एक घण्टाअघि ४ प्रतिशतले नेप्से परिसूचक बढ्दा २० मिनेटलाई ब्रेक लाग्छ भने, २ घण्टाअघि ५ प्रतिशतले नेप्से परिसूचक बढ्दा ४० मिनेटका लागि ब्रेक लाग्छ । 

त्यसै गरी ६ प्रतिशतले परिसूचक बढेमा दिनभरिको कारोबारमा ब्रेक लाग्ने गर्दछ । 

salt training

कमेन्ट गर्नुहोस्