१४ असार २०८३, आइतबार
जेनजी आन्दोलनको प्रभाव

जम्मा ७२ करोडले 'हल्ट' भयो शेयर बजार, दिनभरका लागि कारोबार बन्द

असोज २, २०८२
काठमाडौं
जम्मा ७२ करोडले 'हल्ट' भयो शेयर बजार, दिनभरका लागि कारोबार बन्द

सेयर बजार परिसूचक नेप्से ६ प्रतिशतले घटेर बन्द भएको छ ।

शुरूमा ४ प्रतिशतले घटेपछि २० मिनेटका लागि कारोबार बन्द भएको थियो । त्यसपछि फेरि थप १ प्रतिशतले घटेर बजार ४० मिनेटलाई बन्द भयो ।

अन्तिममा समग्र घटाइ ६ प्रतिशत पुगेपछि बजार दिनभरका लागि बन्द भएको हो ।

नेप्से परिसूचक १६०.३३ अंकले घट्दा जम्मा ७२ करोड ८७ लाखको कारोबार भयो ।

जेनजी आन्दोलनको बलमा भएको सत्ता परिवर्तनपछि शेयर बजारमा पहिरो गएको हो ।

salt training

कमेन्ट गर्नुहोस्