२४ जेठ २०८३, आइतबार

लक्ष्मी टेक्नोप्लास्टले आन्दोलनपछिको पुनःनिर्माणमा एक प्रतिशत रकम योगदान गर्ने

असोज २, २०८२
काठमाडौं
लक्ष्मी टेक्नोप्लास्टले आन्दोलनपछिको पुनःनिर्माणमा एक प्रतिशत रकम योगदान गर्ने

हालैको आन्दोलनका क्रममा भएको भौतिक संरचनाको क्षति पुनःनिर्माणका लागि लक्ष्मी टेक्नोप्लास्ट लिमिटेडले विशेष योगदान गर्ने घोषणा गरेको छ।

ओम शिवम पाइप्स एण्ड फिटिङ्स तथा मेरीगोल्ड फर्निचर अन्तर्गतको यस कम्पनीले आगामी तीन महिनासम्मको आफ्नो कूल बिक्री रकमको १ प्रतिशत राष्ट्र पुनःनिर्माणमा खर्च गर्ने निर्णय गरेको हो ।

कम्पनीले ‘हाम्रा संरचना हामी आफैं बनाउँछौं’ भन्ने नारालाई आत्मसात गर्दै, उत्पादन बिक्रीबाट प्राप्त आम्दानीको एक अंश क्षतिग्रस्त संरचनाको पुनःनिर्माणमा लगानी गरिने जनाएको छ । यसमार्फत् आत्मनिर्भरता, एकता र सकारात्मक ऊर्जा फैलिने कम्पनीको विश्वास छ ।

कम्पनीका प्रबन्ध निर्देशक अञ्जनी नन्दन मारुले भने, ‘यो हाम्रो देश हो, यसको सम्पत्ति र संरचना हाम्रो गौरव हो । हामी पुनःनिर्माणका हरेक प्रयासमा पूर्ण समर्पणसहित अघि बढ्न तयार छौं । यही हाम्रो दायित्व र प्रतिबद्धता हो ।’

निकट भविष्यमा सर्वसाधारणका लागि सेयर निष्काशन गर्ने तयारीमा रहेको लक्ष्मी टेक्नोप्लास्टले यो निर्णयलाई आफ्नो सामाजिक उत्तरदायित्वलाई अझ सशक्त बनाउने ऐतिहासिक कदमका रूपमा प्रस्तुत गरेको जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्