१६ असार २०८३, मंगलबार

बीवाईडीले २०० प्रतिशतले बढायो पूँजी

असोज ८, २०८२
काठमाडौं
बीवाईडीले २०० प्रतिशतले बढायो पूँजी

चीनको  सबैभन्दा ठूलो विद्युतीय सवारी साधन निर्माता कम्पनी बीवाईडीले आफ्नो पूँजी २०० प्रतिशतले बढाएको छ ।

बीवाईडीले आफ्ने पूँजी ३.०३ अर्ब युआनबाट २०० प्रतिशतले बढाएर ९.११  अर्ब युआन पुर्‍याएको हो । कम्पनीले ४२ करोड ६० लाख अमेरिकी डलर रहेको पूँजीलाई करिब २०० प्रतिशतले बढाएर १ अर्ब २८ करोड अमेरिकी डलर पुर्‍याएको आईटी–होमको रिपोर्टले देखाएको हो ।

यसअघि मे २०२५ मा, कम्पनीले आफ्नो पूँजी २.९०९ अर्ब युआन (४० करोड ७० लाख अमेरिकी डलर) बाट ३.०३९ अर्ब युआन (४२ करोड ६० लाख अमेरिकी डलर) मा बढाएको थियो ।

सन् २०२२, २०२३ र २०२४ मा सर्वाधिक गाडी विक्री गर्दै कीर्तिमानी कायम गरेको बीवाईडीले सन् २०२५ का लागि ५५ लाख कार बिक्री गर्ने वार्षिक लक्ष्य निर्धारण गरेको छ ।

कम्पनीले २०२५ को पहिलो अर्धवार्षिक समयसम्म १५.५११ अर्ब युआन (२ अर्ब १७ करोड अमेरिकी डलर)को खुद नाफा आर्जन गरेको रिपोर्टले देखाएको छ । कम्पनीको सञ्चालन मुनाफा भने ३७१.२८१ अर्ब युआन (५२ अर्ब अमेरिकी डलर)को रहेको छ ।

null

कम्पनीले अनुसन्धान तथा विकासमा मात्रै ३०.९ अर्ब युआन (४ अर्ब ३३ करोड अमेरिकी डलर) गरेको देखिन्छ ।  अन्तर्राष्ट्रिय बजारबाट कम्पनीको आम्दानी १३५.३५८ अर्ब युआन (१९ अर्ब अमेरिकी डलर)सम्म पुगेको आँकडा छ । 

अन्तर्राष्ट्रिय बजारको कूल बिक्री मात्राको बीवाईडीले ३६.५ प्रतिशत हिस्सा ओगटेको रिपोर्टले देखाएको छ ।

सन् २०२५ को जनवरीदेखि अगस्टसम्म कम्पनीले २८ लाख ६४ हजार गाडीको बिक्री गर्दै नयाँ रेकर्ड कायम गरेको थियो । जुन सन् २०२४ को सोही अवधिको तुलनामा २३ प्रतिशतले बढी हो ।

अहिले कम्पनीले २०२५ को लागि ५५ लाख कार बिक्री गर्ने वार्षिक लक्ष्य निर्धारण गरेको छ । यो लक्ष्यमा पुग्नका लागि कम्पनीले सेप्टेम्बरदेखि डिसेम्बरसम्म प्रतिमहिना औसत ६ लाख ६० हजार सवारीसाधन बिक्री गर्नुपर्नेछ ।

सन् १९९५ मा स्थापित बीवाईडी लिथियम–आयन ब्याट्रीहरूको लागि विश्वसनीय मानिन्छ । बीवाईडीले यसबाहेक पनि अन्य प्रकारका ब्याट्री, चार्जर, इलेक्ट्रोनिक उत्पादन र तिनका सामान उत्पादन र बिक्री गर्दै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्