२७ असार २०८३, शनिबार

भारतको जोगवनीमा तनाव, नेपाल–भारत सीमा नाकामा कडाइ

असोज १०, २०८२
विराटनगर
भारतको जोगवनीमा तनाव, नेपाल–भारत सीमा नाकामा कडाइ

इस्लाम धर्मगुरू पैगम्बर मोहम्मदका बारेमा गलत टिप्पणी गरिएको भन्दै भारतको जोगवनीमा विरोध शुरू भएको छ ।

हिन्दू समुदायले पैगम्बरका बारेमा सामाजिक सञ्जालमा गलत टिप्पणी गरेको भन्दै मुस्लिम समुदाय विरोधमा उत्रिएपछि जोगवनीको अवस्था तनावग्रस्त छ ।​​ बजरंग दलका युवा आइपुगेपछि मुस्लिम र हिन्दू समुदायबीच झडप भएको स्थानीयले बताएका छन् ।​​​

जोगवनी विराटनगरको सीमावर्ती बजार हो । दशैंकालगायतका चाडबाडमा यो बजारमा अत्यधिक भिड हुने गर्छ।​​ जोगवनी नेपालीको किनमेल गर्ने मुख्य बजार हो ।​

जोगवनी तनावग्रस्त भएपछि किनमेलका लागि पुगेका नेपालीबीच भागदौड मच्चिएको थियो ।

किनमेलका लागि गएकाहरू भागेर नेपाल फर्किएका छन् । अवस्था असामान्य बनेपछि जोगवनी प्रवेश गर्ने नेपाल–भारत सीमा नाका बन्द गरिएको छ ।​

जोगवनीमा तनाव भएपछि सीमा नाका तत्काललाई बन्द गरिएको मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।

अवस्था सामान्य बनेपछि आवतजावत शुरू हुने उनले जानकारी दिए ।

घटनापछि रानी नाकामा अहिले ठूलो संख्यामा नेपाल र सशस्त्र प्रहरीसहितका सुरक्षाकर्मी परिचालन गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्