१६ असार २०८३, मंगलबार

सोमबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

असोज १३, २०८२
काठमाडौं
सोमबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रूपैयाँ ६६ पैसा र बिक्रीदर १४२ रूपैयाँ २६ पैसा निर्धारण गरिएको छ ।  

युरोपियन युरो एकको खरिददर १६५ रूपैयाँ ७७ पैसा र बिक्रीदर १६६ रूपैयाँ ४७ पैसा ,युके पाउण्ड स्टर्लिङ एकको खरिददर १८९ रूपैयाँ ८९ पैसा र बिक्रीदर १९० रूपैयाँ ६९ पैसा , स्वीस फ्रयाङ्क एकको खरिददर १७७ रूपैयाँ ५६ पैसा र बिक्रीदर १७८ रूपैयाँ ३२ पैसा कायम गरिएको छ ।     
     
अष्ट्रेलियन डलर एकको खरिददर ९२ रूपैयाँ ७४ पैसा र बिक्रीदर ९३ रूपैयाँ १३ पैसा , क्यानेडियन डलर एकको खरिददर १०१ रूपैयाँ ६० पैसा र बिक्रीदर १०२ रूपैयाँ ०३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०९ रूपैयाँ ६८ पैसा र बिक्रीदर ११० रूपैयाँ १४ पैसा तोकिएको छ । 

जापानी येन १० को खरिददर नौ रूपैयाँ ४८ पैसा र बिक्रीदर नौ रूपैयाँ ५२ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रूपैयाँ ८६ पैसा र बिक्रीदर १९ रूपैयाँ ९४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रूपैयाँ ७७ पैसा र बिक्रीदर ३७ रूपैयाँ ९३ पैसा, कतारी रियाल एकको खरिददर ३८ रूपैयाँ ८६ पैसा र बिक्रीदर ३९ रूपैयाँ ०३ पैसा कायम भएको छ ।     
     
केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिददर चार रूपैयाँ ४० पैसा र बिक्रीदर चार रूपैयाँ ४१ पैसा, युएई दिराम एकको खरिददर ३८ रूपैयाँ ५७ पैसा र बिक्रीदर ३८ रूपैयाँ ७३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रूपैयाँ ५६ पैसा र बिक्रीदर ३३ रूपैयाँ ७० पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रूपैयाँ ०५ पैसा र बिक्रीदर १० रूपैयाँ ०९ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रूपैयाँ ०५ पैसा र बिक्रीदर १५ रूपैयाँ १२ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रूपैयाँ २१ पैसा र बिक्रीदर २२ रूपैयाँ ३० पैसा तोकिएको छ ।     
     
राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १८ रूपैयाँ २१ पैसा र बिक्रीदर १८ रूपैयाँ २९ पैसा, कुवेती दिनार एकको खरिददर ४६४ रूपैयाँ ३१ पैसा र बिक्रीदर ४६६ रूपैयाँ २७ पैसा, बहराइन दिनार एकको खरिददर ३७५ रूपैयाँ ७२ पैसा र बिक्रीदर ३७७ रूपैयाँ ३१ पैसा, ओमनी रियाल एकको खरिददर ३६८ रूपैयाँ ४३ पैसा र विक्रीदर ३६९ रूपैयाँ ९९ पैसा रहेको छ ।     
     
भारतीय रूपैयाँ एक सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।     
 

salt training

कमेन्ट गर्नुहोस्