
मकवानपुरमा मकवानपुर जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ परेका छन् ।
मनहरी गाउँपालिका- ८ सिमपानी बस्ने ४० वर्षीय सुदर्शन उप्रेतीको घरमा जुवातास खेलिरहेको अवस्थामा सुदर्शनसहित ९ जनालाई आइतबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख १ हजार २ सय ५० रुपैयाँ र तीन बुक ताससहित पक्राउ गरेको हो ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।