२७ असार २०८३, शनिबार

प्रहरीमाथि अभद्र व्यवहार गर्ने युवक फन्दामा

असोज १५, २०८२
काठमाडौं
प्रहरीमाथि अभद्र व्यवहार गर्ने युवक फन्दामा

 ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार गर्ने एक युवक पक्राउ परेका छन् । 

सडक सुरक्षामा खटिएका प्रहरी कर्मचारीलाई दुर्व्यवहार गर्ने सिन्धुलीको घ्याङलेख गाउँपालिका– ५ का ३६ वर्षीय नेवाङ तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

निजलाई काठमाडौँ महानगरपालिका-१० बुद्धनगरबाट नियन्त्रणमा लिएको हो ।  ती युवकले प्रहरीलाई अपशब्द बोल्दै दुर्व्यवहार गरेको भिडियो सार्वजनिक भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्