०९ असार २०८३, मंगलबार

यस्तो छ आज तरकारी तथा फलफूलको भाउ

असोज १७, २०८२
काठमाडौं
यस्तो छ आज तरकारी तथा फलफूलको भाउ

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृगि उपजको  थोक मूल्य तय गरेको छ । 

समितिका अनुसार स्याउ (फुजी) प्रतिकेजी अधिकतम रु ३००, स्याउ (झोले) रु २५०, गुन्दुक रु ३००, तोफु रु १४०, तामा रु १२०, इमली रु १८०, पुदीना रु ८०० तोकिएको छ । 
यसैगरी सौफको साग रु ३००, पार्सले रु १,२००, सेलरी रु ३००, जिरीको साग रु २००, रातो बन्दा रु १८०, चुकुन्दर रु ७०, ब्रोकाउली रु १५०, न्यूरो रु ८०, कुरीलो रु ४००, च्याउ (डल्ले) रु ३५०, च्याउ (कन्य) रु १५०, प्याज हरियो रु १२०, तोरीको साग रु ९०, चमसूरको साग रु १८० र पालुंगो साग रु २०० तोकिएको छ।

त्यस्तै, रायो साग प्रतिकेजी रु १५०, स्कूस रु २०, पिंडालू रु ८०, बरेला रु १००, सखरखण्ड रु १००, भिण्डी रु ८०, सलगम रु ९०, हरियो फर्सी (डल्लो) रु ३५, फर्सी पाकेको रु ८०, झिगुनी रु १००, घिरौला रु ६०, चिचिण्डो रु ३०, परवर (लोकल र तराई) दुवै रु ७०, लौका रु ६०, तितो करेला रु ६०, भटमासकोशा रु ९०, टाटे सिमी रु ७०, घिउ सिमी (लोकल तथा हाइब्रीड) दुवै रु १२०, मकै बोडी रु ८०, बोडी (तने) रु ११०, भन्टा लाम्चो र डल्लो दुवै रु ४०, मूला सेतो (लोकल) रु ७०, मूला रातो रु ५०, काउली स्थानिय रु ११०, बन्दाको रु ४०, गाजर (तराई) रु ११०, गाजर (लोकल) रु १३० र प्याज सुकेको (भारतीय) रु ३९ मा कारोबार भइरहेको छ।

त्यसैगरी, आलु सेतो प्रतिकेजी रु ४०, आलु रातो (मुडे) रु ४४, आलु रातो (भारतीय) रु ३०, आलु रातो रु ५२, गोलभेडा सानो (टनेल) रु ४५, गोलभेडा सानो (लोकल) रु २५ र गोलभेडा ठूलो (भारतीय) प्रतिकेजी रु ८० मा बिक्री भइरहेको समितिले जनाएको छ।

salt training

कमेन्ट गर्नुहोस्