२५ जेठ २०८३, सोमबार

जेनजीका दुवै समूहले चलाए सामाजिक सञ्जालमा 'एरेस्ट ओली–लेखक' ट्रेन्ड

असोज २०, २०८२
काठमाडौं
जेनजीका दुवै समूहले चलाए सामाजिक सञ्जालमा 'एरेस्ट ओली–लेखक' ट्रेन्ड

जेनजी अगुवाहरूले सामाजिक सञ्जालमा ‘एरेस्ट केपी ओली-रमेश लेखक’ अभियान चलाएका छन् ।

उनीहरूले सोमबार निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न भन्दै अभियान चलाएका हुन् ।

गत भदौ २३ गते जेनजी आन्दोलनमा राज्यको तर्फबाट दमन भएको र धेरै युवाको हताहती भएको भन्दै तत्कालीन सरकारका प्रतिनिधिलाई पक्राउ गरिनुपर्ने उनीहरूको माग छ ।

जेनजी अगुवा रक्षा बमले अधिकार माग्न गएका विद्यार्थीहरूमाथि गोली दागिएको तानाशाहीपनको हिसाब हुनुपर्ने बताएकी छिन् । 

'अधिकार माग्न गएका निहत्था विध्यार्थीहरूमाथि जुन दम्भ र अहंकारले गोली दागियो, त्यो तानाशाहीपनको हिसाब हुनु जरुरी छ,' उनले लेखेकी छिन्, 'मधेश विद्रोह हुँदा दुई/चार दाना कुहिएका आँप झरेका हुन् भन्ने अभिव्यक्ति दिने, सेप्टेम्बर ८ को आन्दोलनमा निहत्था कलिला विध्यार्थीहरूमाथि गोली दाग्न आदेश दिने, एक व्यक्ति आज पनि जग हसाउँदै चुट्किला सुनाएर बसिरहेको छ । हत्याराहरूलाई कारबाहीको दायरामा ल्याइयोस् ।'

यस्तै, हामी नेपालका सुधन गुरुङले पनि राष्ट्रका लागि गर या मर भन्दै ओली  र लेखको तस्वीर राख्दै अभियान चलाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्