२५ असार २०८३, बिहीबार

साइबर ब्यूरोले गरायो महेश बस्नेतसँग बयान कागज

असोज २२, २०८२
काठमाडौं
साइबर ब्यूरोले गरायो महेश बस्नेतसँग बयान कागज

नेकपा (एमाले)का नेता महेश बस्नेतसँग साइबर ब्यूरोले बयान कागज गराएको छ । 

जिल्ला सरकारी वकिल कार्यालयको पत्रानुसार ब्यूरोले बस्नेतसँग बयान कागज गराएको हो । 

ब्यूरोले बोलाएपछि बस्नेत बुधबार बिहान बयान दिन पुगेका हुन् ।

अब प्रमाण जुटाएपछि मात्रै उनीविरुद्ध विद्युतीय (साइबर) कसुरमा अभियोग दर्ता हुने ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दीपक राज अवस्थीले बताए ।

‘सरकारी वकिल कार्यालयले थप प्रमाण जुटाएपछि मात्रै आरोप दर्ता हुने भनेपछि हामीले बस्नेतलाई बयान कागज गराउन झिकाएका हौँ,’ अवस्थीले लोकान्तरसँग भने, ‘पहिला प्रमाण जुटाएपछि मात्रै उहाँविरुद्ध विद्युतीय (साइबर) कसुरमा अभियोग दर्ता हुन्छ ।’

सामाजिक सञ्जालमार्फत् आफ्नो बेइज्जती गरेको भन्दै एक महिलाले बस्नेतविरुद्ध प्रहरीको साइबर ब्यूरोमा जाहेरी दिएकी थिइन् ।

यसअघि मंगलबार प्रहरीले बस्नेतलाई पक्राउ गर्ने अनुमति दिन अदालतसँग माग गरेको थियो । तर, अदालतले तत्काल पक्राउ पुर्जी दिएन । काठमाडौं जिल्ला अदालतले थप प्रमाण पेस गर्न आदेश गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्