०२ असार २०८३, मंगलबार

नेपाल मेडिकल कलेजद्वारा दक्ष चिकित्सकसहित स्टाफ नर्स माग

असोज २३, २०८२
काठमाडौं
नेपाल मेडिकल कलेजद्वारा दक्ष चिकित्सकसहित स्टाफ नर्स माग

जोरपाटी अत्तरखेलस्थित नेपाल मेडिकल कलेजले विभिन्न विषयका चिकित्सक तथा स्टाफ नर्स माग गरेको छ । 

कलेजले एक सूचना प्रकाशित गरी प्राध्यापक, सहप्राध्यापक, सहायक प्राध्यापक, लेक्चर, हस्पिटल मेनेजर तथा स्टाफ नर्स माग गरेको हो । 

कलेजको स्वास्थ्य शिक्षा र स्वास्थ्य सेवालाई अझ प्रभावकारी बनाउन थप जनशक्ति माग गरिएको हो । सूचना अनुसार कलेजले एनाटोमी, फार्माकोलोजी, फिजियोलोजी, बायोकेमेष्ट्री, पेडियाट्रिक नर्सिङ, कम्युनिटी हेल्थ नर्सिङ र स्टाफ नर्स माग गरिएको छ । 

दक्ष तथा अनुभवी स्वास्थ्यकर्मीले इमेलमार्फत् आफ्नो व्यक्तिगत विवरण पठाएपछि अन्तर्वार्ताका लागि बोलाइने कलेज प्रशासनले जनाएको छ । 

स्टाफ नर्सको हकमा नेपाल नर्सिङ परिषद्‌मा दर्ता भएका बीएस्सी नर्सिङ र पीसीएल नर्सिङ अनुभव भएका (विशेषगरी मिडवाइफरी र आईसीयू तालिम प्राप्त) उम्मेदवारलाई प्राथमिकता दिइने बताइएको छ ।

null
 
 

salt training

कमेन्ट गर्नुहोस्