३० जेठ २०८३, शनिबार

राष्ट्र बैंकले घटायो डेबिट कार्डको सीमा, एटीएमबाट १ दिनमा ५० हजार मात्रै झिक्न मिल्ने

असोज २४, २०८२
काठमाडौं
राष्ट्र बैंकले घटायो डेबिट कार्डको सीमा, एटीएमबाट १ दिनमा ५० हजार मात्रै झिक्न मिल्ने
फाइल फोटो

नेपाल राष्ट्र बैंकले एटीएम (डेबिट कार्ड)को कारोबार सीमा घटाएको ।

एटीएमबाट १ पटकमा अधिकतम २० हजार रुपैयाँ निकाल्न मिल्ने गरी राष्ट्र बैंले सीमा घटाएको हो ।

राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले शुक्रबार जारी गरेको निर्देशनअनुसार अब बैंक तथा वित्तीय संस्थाले जारी गरेका डेबिट कार्डबाट एक दिनमा अधिकतम ५० हजार रुपैयाँ र एक महिनामा अधिकतम ३ लाख रुपैयाँसम्म मात्रै झिक्न पाइने छ ।

जुन यसअघि एटीएमबाट एक पटकमा २५ हजार रुपैयाँ, एक दिनमा १ लाख रुपैयाँ र एक महिनामा ४ लाख रुपैयाँसम्म निकाल्न पाइने व्यवस्था रहेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्