
नेपाल राष्ट्र बैंकले सुन आयातको परिमाण बढाएको छ ।
राष्ट्र बैंकले सुनको दैनिक आयात परिमाण बढाएर २५ किलो बनाएको हो । जुन यसअघि दैनिक २० किलो सुन आयात गर्न सक्ने व्यवस्था थियो ।
राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले एकीकृत परिपत्र २०८१ मा संशोधन गर्दै सुन आयातको परिमाण बढाएको हो ।
अब २५ किलोग्रामको सीमाको परिमाणमा नबढ्ने गरी वाणिज्य बैंकहरूले सुन आयात गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ ।