२४ असार २०८३, बुधबार

सशस्त्र प्रहरीद्वारा पटका बरामद, कार चालक फरार

असोज २५, २०८२
काठमाडौं
सशस्त्र प्रहरीद्वारा पटका बरामद, कार चालक फरार

सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर पर्साले चाडपर्व र उत्सवमा प्रयोग हुने पटाकासहित सवारी साधनलाई विहीबार नियन्त्रणमा लिएको छ । 

सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जबाट खटिएको टोलीले वीरगञ्ज महानगर–१६ भन्सारमेनगेटस्थित चेकप्लाईन्टमा सवारीसाधन जाँच गर्ने क्रममा बा १२ च ३१०३ नम्बरको हुन्डाईको एक्ससेन्ट कारसहित नौ कार्टुन पटका बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल पर्साका सूचना अधिकारी सुरज कार्कीले कारको डिकीभित्र राखी लुकाईछिपाई रु ५० हजारमूल्य बराबरको नौ कार्टुन पटका बरामद भएको जानकारी दिए । कारका चालक भने फरार रहेका छन् । सशस्त्र प्रहरीले बरामद भएको पटकालाई पानीमा राखेर नष्ट गरेर कार भने वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्