२५ असार २०८३, बिहीबार

घोडाघोडीमा घाँटी रेटी एक युकको हत्या, टाउको लिएर प्रहरी चौकी पुगेका दुई जना पक्राउ

असोज २५, २०८२
काठमाडौं
घोडाघोडीमा घाँटी रेटी एक युकको हत्या, टाउको लिएर प्रहरी चौकी पुगेका दुई जना पक्राउ

कैलालीको घोडाघोडी नगरपालिका-८ गएराति एक जनाको घाँटी रेटी हत्या गरिएको छ ।

सँगै बसेर मदिरा सेवन गरेका तीन जनामा आपसी विवाद हुँदा दुई जनाले घाँटी रेटी एक जनाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी राजकुमार सिंहले जानकारी दिए । 

सोही वडाका १८ वर्षीय बलबहादुर विक र १९ वर्षीय गंगा क्षेत्रीले हत्या गरी टाउको लिएर अस्थायी प्रहरी पोष्ट पुगेको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरू दुवैलाई नियन्त्रणमा लिएको छ । 

उनका अनुसार गएराति ११ बजे केशरसिंह बुढाको घाँटी रेटेर हत्या गरिएको हो । घटनाबारे थप अनुसन्धान भैरहेको उनले बताए । 

salt training

कमेन्ट गर्नुहोस्