
स्वास्थ्यमा सुधार आएपछि राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन् ।
पाचन प्रणालीमा समस्या आउँदा, चक्कर लाग्ने र बान्ता हुने समस्या देखिएपछि पौडेललाई उपचारका लागि शनिबार महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको थियो ।
एक रात अस्पताल बसेपछि पौडेललाई आइतबार मध्यान्ह डिस्चार्ज गरिएको राष्ट्रपति कार्यालयले स्रोतले जानकारी दियो ।
