
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रमुख दलका शीर्ष नेताले नेतृत्व नछोडी अहिलेको समस्या समाधान नहुने बताएका छन् ।
सामाजिक सञ्जालमा भिडियो सन्देश जारी गर्दै थापाले कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेतृत्व छोड्नुपर्ने बताएका हुन् ।
‘तपाईंहरू निरीह भन्ने पब्लिकको कुरा छ । ओली, देउवा र प्रचण्डबीच सत्तामा म्यूजिकल चेयर चल्दा आजको समस्या आएका हुन्,’ थापाले भनेका छन्, ‘अपिल गर्छौं- इफ बट नभनी ओली, देउवा, प्रचण्डले नेतृत्व छाड्नुपर्छ । अब तपाईंहरू हुँदैन, घर बस्नुपर्छ । हामीले पनि तपाईंहरूविना पार्टी चलाउँछौं भन्नुपर्छ । नेतृत्व बदल्दा सबै बदलिन्छन् भन्ने होइन तर संस्कृति, गति, मति नेतृत्व बदलेपछि फेर्नुपर्छ ।’
तीन नेताले छाड्दैनन् भनेर चुप लागेर बस्न नहुने उनले बताए ।