१० असार २०८३, बुधबार

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा ५ वटा रिट, दर्ताको प्रक्रियामा

असोज २८, २०८२
काठमाडौं
प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा ५ वटा रिट, दर्ताको प्रक्रियामा
फाइल फोटो

प्रतिनिधिसभा विघटन असंवैधानिक भन्दै सर्वोच्च अदालतमा रिट परेका छन् । लामो बन्दपछि मंगलबार खुलेको सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध रिट परेका हुन् ।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले केही रिट दर्ताका लागि आएको लोकान्तरलाई जानकारी दिए । ‘अहिलेसम्म ५/६ वटा रिट दर्ताका लागि आएका छन्, हेर्ने प्रक्रियामा छौं,’ कोइरालाले भने ।

अभियन्ता युवराज सफल तथा कानूनका विद्यार्थी विपना शर्मा र आयुष बडालसहितको रिट दर्ताका लागि पुगेको हो ।

सूचना अधिकारी निराजन पाण्डेका अनुसार दर्ताको क्रममा छ । अहिलेसम्म कुनै दर्ता भएको छैन ।

गत भदौ २७ गते सुशीला कार्की प्रधानमन्त्री नियुक्त भएलगत्तै प्रतिनिधिसभा विघटन गरेर फागुन २१ गतेका लागि चुनावको मिति घोषणा गरिएको थियो ।

सत्ताच्युत भएको नेकपा एमालेले पनि प्रतिनिधिसभा विघटनविरुद्ध कानूनी उपचार खोज्ने निर्णय गरिसकेको छ ।

भदौ २३ गतेको जेनजी आन्दोलन र भोलिपल्ट भएको विध्वंसबाट सर्वोच्च अदालत जलेपछि रिट दर्ता भएका थिएनन् ।

salt training

कमेन्ट गर्नुहोस्