२४ जेठ २०८३, आइतबार

सामसङ नेपालको 'तिहारको मुड, सबै गुड' अफर, क्यासब्याकसँगै 'लक्की ड्र'मार्फत साप्ताहिक र बम्पर उपहार​​

असोज २९, २०८२
काठमाडौं
सामसङ नेपालको 'तिहारको मुड, सबै गुड' अफर, क्यासब्याकसँगै 'लक्की ड्र'मार्फत साप्ताहिक र बम्पर उपहार​​

सामसङ नेपालले 'तिहारको मुड, सबै गुड' अफर सार्वजनिक गरेको छ । यो अफरले ग्राहकलाई अद्भुत छुट र रोमाञ्चक 'लक्की ड्र'मार्फत साप्ताहिक तथा बम्पर पुरस्कार जित्ने अवसर प्रदान गर्दै तिहारलाई अझ विशेष बनाउने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यो अफर यही असोज २६ देखि कात्तिक ३० गतेसम्म देशभरका अधिकृत सामसङ बिक्रेताहरूमा लागू हुनेछ ।

यस अवधिमा ग्राहकहरूले सामसङका टीभी, फ्रिज र वासिङ मशिनमा आकर्षक छुटका साथ नयाँ भर्सनका उत्पादनहरू किन्न सक्नेछन्, जसले प्रकाशको यो पर्वलाई झनै उज्यालो बनाउने कम्पनीले जनाएको छ ।

null

 

साथै, सामसङले आफ्ना ग्राहकहरूका लागि आकर्षक साप्ताहिक र बम्पर पुरस्कारहरू पनि उपलब्ध गराएको छ।

पुरस्कार विवरणहरू:​

null

'लक्की ड्र'मा सहभागी हुने तरिका : ग्राहकहरूले सामसङको टीभी, फ्रिज वा वासिङ मशिन खरिद गरेपछि उत्पादनको सिरियल नम्बर एसएमएसमार्फत पठाएर भाग लिन सक्नेछन् ।

जसका लागि “Samsung [Serial Number]” लेखी ३५००१ मा पठाउनु पर्नेछ ।

विजेताहरूको घोषणा हरेक साताको अन्त्यमा Samsung Plaza र Big Digital का फेसबूक तथा इन्स्टाग्राम पेजमा गरिनेछ।

त्यसैगरी, सामसङले InstaFinance सेवामार्फत ग्राहकहरूलाई शून्य प्रतिशत ब्याजदरमा सजिलो ईएमआई विकल्प उपलब्ध गराएको छ । यसका लागि केवल नागरिकता प्रमाणपत्र आवश्यक हुनेछ।

साथै, पुराना टीभी वा होम अप्लायन्सहरू ArkoStore वा नजिकको अधिकृत सामसङ स्टोरमार्फत साट्दा ७ हजार रुपैयाँसम्मको एक्सचेन्ज बोनस पनि प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।

salt training

कमेन्ट गर्नुहोस्