
सामसङ नेपालले नयाँ ग्यालेक्सी स्मार्टफोन खरिदमा विशेष अफर सार्वजनिक गरेको छ।
सीमित अवधिका लागि उपलब्ध यो अफरअन्तर्गत ग्राहकहरूले चुनित ग्यालेक्सी वाच८ सिरिज र बड्स३ लाइनअप स्ता ग्यालेक्सी वेरेबलहरू खरिद गर्दा विशेष छुट पाउनेछन् ।
सामसङको नयाँ फ्ल्यागशिप, ए-सिरिज वा एम-सिरिजका स्मार्टफोनहरू खरिद गर्दा ग्राहकले चुनित ग्यालेक्सी वाच र बड्समा विशेष ५३ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार यो विशेष मल्टी-बाइ अफरले प्रयोगकर्ताहरूलाई आफ्नो फोनलाई ग्यालेक्सी वाच८ क्लासिक वा बड्स३ जस्ता उपकरणहरूसँग जडान गरेर पूर्ण ग्यालेक्सी अनुभव प्राप्त गर्न सक्षम बनाउने छ।
यी उपकरणहरू रक्तचाप र ईसीजी जस्ता उन्नत स्वास्थ्य ट्र्याकिङ, सहज कनेक्टिभिटी र ग्यालेक्सी एआईद्वारा सञ्चालित उत्कृष्ट अडियो अनुभव प्रदान गर्नका लागि डिजाइन गरिएको हो ।
एमएक्स सामसङ नेपालका निर्देशक प्रणयरत्न स्थापितले भने, 'सामसङमा, हाम्रो लक्ष्य सधैं एक कनेक्टेड इकोसिस्टम सिर्जना गर्नु रहेको छ । जसले दैनिक जीवनलाई सरल र समृद्ध बनाउँछ। यस मल्टी-बाइ अफरमार्फत हामी हाम्रा ग्राहकहरूलाई ग्यालेक्सी कनेक्टिभिटीको पूर्ण शक्ति अनुभव गर्न सजिलो बनाउन चाहन्छौं, स्मार्ट हेल्थ ट्र्याकिङदेखि सिमलेस कम्युनिकेसनसम्म सबै एउटै एकीकृत इकोसिस्टम भित्र ।'
यो अफर सीमित अवधिको लागि मात्र उपलब्ध छ र नेपालभरका अधिकांश सामसङ अधिकृत स्टोरहरूमा मान्य रहेको कम्पनीले जनाएको छ ।
साथै, हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडद्वारा सञ्चालित सामसङ इन्स्टा फाइनान्स सेवामार्फत ग्राहकहरूले शून्य ब्याजदरमा सहज ईएमआई योजनाबाट नयाँ डिभाइसहरू प्राप्त गर्न सक्नेछन् ।
यो विशेष मल्टी-बाइ अफर लिनका लागि केही स्टेपहरू पूरा गर्नुपर्ने हुन्छ ।
स्टेप १: वेबसाइट samsungcampaigns.com मा जानुहोस्
स्टेप २: तपाईंको नजिकको रिटेलर छान्नुहोस्
स्टेप ३: दर्ता गरी २ हजार रुपैयाँको अग्रिम रकम भुक्तानी गर्नुहोस्
स्टेप ४: प्रमाणीकरणपछि ओटीपी प्राप्त गर्नुहोस्
स्टेप ५: ७ दिनभित्र ओटीपीसहित रिटेलरमा जानुहोस्
उपलब्धता