२४ असार २०८३, बुधबार

जहाज खरिद ऋणमा थप ५३ करोड भुक्तानी, किस्ता सहज बनाउन निगमको आग्रह

असोज ३१, २०८२
काठमाडौं
जहाज खरिद ऋणमा थप ५३ करोड भुक्तानी, किस्ता सहज बनाउन निगमको आग्रह
फाइल फोटो

नेपाल वायुसेवा निगमले जहाज खरिदको किस्ता बापत ५३ करोड ९ लाख ५५ हजार रुपैयाँ बुझाएको छ ।

निगमले जहाज खरिदबापत दुई सरकारी कोषलाई ५३ करोड ९ लाख ५५ हजार २८१ रुपैयाँ भुक्तानी गरेको हो । निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋण दायित्व मध्ये यो रकम बुझाएको हो ।

अन्तर्राष्ट्रिय उडानका लागि खरिद गरिएका दुई न्यारोबडी र दुई वाइडबडी जहाजका लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट ऋण लिएको थियो । जसमा दुई न्यारोबडी जहाजको निगमले असोज मसान्तसम्मको किस्ता बापत पूरा र दुई वाईडबडी जहाजको आंशिक गरी शुक्रबार उक्त रकम भुक्तानी गरेको हो ।

निगमले जहाज खरिदसम्बन्धी ऋण दायित्व शीर्षकअन्तर्गत २०८२ असोज मसान्तसम्मको अवधिमा कुल ८ अर्ब ४५ करोड २४ लाख १८ हजार ६५७ रुपैयाँ किस्ता रकम भुक्तानी गरिसकेको जनाएको छ ।

विश्वव्यापी कोभिड-१९ महामारीका कारण निगमको व्यापारमा समेत प्रतिकूल असर परेकाले सो अवधिको ब्याजको ब्याज, हर्जाना र पेनल छुट गरी सहयोग गरिदिन एवं किस्ताको संख्या बृद्धि गरेर ऋण दायित्व भुक्तानीलाई सहजीकरण गरिदिन कर्मचारी सञ्चय कोष तथा नागरिक लगानी कोषलाई अनुरोध पत्र समेत निगमले पठाएको छ । 

जसमा सकारात्मक छलफल समेत भइरहेको र तालुकदार निकायलगायत नेपाल सरकारबाट आवश्यक सहयोग एवं सहजीकरणका लागि निगमले अनुरोध गरेको छ ।

null

salt training

कमेन्ट गर्नुहोस्