
अग्रणी डीटीएच सेवा प्रदायक तथा डिजिटल इनोभेसनमा अग्रसर कम्पनी डिशहोम र नेपालको चर्चित र अत्यधिक लोकप्रिय रेस्टुरेन्ट ब्रान्ड ‘डल्ले’बीच छुट सम्झौता भएको छ ।
सम्झौतापत्रमा डल्लेका मानेगिङ डिरेक्तर आलोक योन्जोन र डिशहोमका देपुटी चिफ प्रोडक्ट अफिसर आदित्य भट्टराईले हस्ताक्षर गरेका छन् ।
सहकार्यअन्तर्गत डिशहोमले हालै शुरू गरेको भर्चुअल प्रिभिलेज कार्ड कार्यक्रममार्फत ग्राहकहरूले अब डल्लेका काठमाडौं उपत्यका भित्रका सम्पूर्ण आउटलेटमा विशेष छुट पाउनेछन् ।
साझेदारीअनुसार डिशहोमका सक्रिय ग्राहकहरूले डल्ले रेस्टुरेन्टका उपत्यका भित्रका सबै आउटलेटमा १० प्रतिशत छुट पाउने कम्पनीले जनाएको छ ।
छुट प्राप्त गर्न ग्राहकहरूले 'माइ डिशहोम एप'मा उपलब्ध भर्चुअल प्रिभिलेज कार्ड देखाउनुपर्ने कम्पनीले जनाएको छ ।
भर्चुअल प्रिभिलेज कार्ड प्रयोग गर्ने तरिका:
माइ डिशहोम एप Google Play Store बाट डाउनलोड गर्नुहोस् ।
दर्ता गरिएको मोबाइल नम्बर वा ग्राहक आईडी प्रयोग गरी एपमा लगइन गर्नुहोस् ।
होम स्क्रिन वा प्रोफाइल सेक्सनमा रहेको प्रिभिलेज कार्ड आइकन मा क्लिक गर्नुहोस् ।
डल्लेमा कार्ड देखाएर छुट प्राप्त गर्नुहोस् ।