२५ असार २०८३, बिहीबार

स्रोत नखुलेको ६९ लाख ८५ हजार र सुनसहित २ जना पक्राउ

कात्तिक ९, २०८२
काठमाडौं
स्रोत नखुलेको ६९ लाख ८५ हजार र सुनसहित २ जना पक्राउ

स्रोत नखुलेको ६९ लाख ८५ हजार रुपैयाँ र सुनसहित २ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ३८ वर्षीय चिनियाँ नागरिक जियाओ याङ्ग र धादिङको नीलकण्ठ नगरपालिकाकी २२ वर्षीया रोजिना सुनार रहेका जिल्ला प्रहरी परिसर, काठमाडौंका सूचना अधिकारी पवनकुमार भट्टराईले जानकारी दिए ।

उनका अनुसार प्रहरीले उनीहरूलाई गत बिहीबार पक्राउ गरेको हो ।

उनीहरूको साथबाट प्रहरीले ६९ लाख ८५ हजार नेपाली रुपैयाँ, सुन जस्तो देखिने पहेंलो धातुको नेकलेश, झुम्का थान २/२, सुन जस्तो देखिने विभिन्न साइजका बाला ४ थान, सुन जस्तो देखिने विभिन्न साइजका औँठी ३ थान, सुन जस्तो देखिने पहेंलो धातुको नत्थी, शिरबन्दी १/१ थान, विभिन्न कम्पनीका मोबाइल ५ थान, एप्पल म्याकबूक प्रो १ थान, बागमती प्रदेश ०१-०३१ च ५२६२ नम्बरको बीवाईडी कार र विभिन्न बैंक तथा सहकारी संस्थाका चेकबूक ४ थान बरामद गरेको छ । 

हुन्डी कारोबार गर्न नहुने कसुरमा काठमाडौं जिल्ला अदालतबाट ८ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको सूचना अधिकारी भट्टराईले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्